Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • महासचिव गुटेरेस कात्तिक १२ मा नेपाल आउने, मन्त्रिपरिषद्ले गर्‍यो भ्रमणलाई स्वीकृत

    महासचिव गुटेरेस कात्तिक १२ मा नेपाल आउने, मन्त्रिपरिषद्ले गर्‍यो भ्रमणलाई स्वीकृत

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन् ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले महासचिव गुटेरेस कात्तिक १२ देखि १५ सम्मका लागि नेपाल आउने बताएकी हुन् ।



    आजको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।



    नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, नेपाली शान्ति सेनालगायतका विषयमा उच्चस्तरमा छलफल गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार