Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • दसैँ बिदामा पनि सेवा प्रवाह गर्दै मानव अधिकार आयोग

    दसैँ बिदामा पनि सेवा प्रवाह गर्दै मानव अधिकार आयोग

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 741
    SHARES

    काठमाडौं । दसैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय खुला रहने भएका छन् ।

    आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म खुला राख्ने भएको हो ।



    आमनागरिकको मानवअधिकार संरक्षणलाई दृष्टिगत गरी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।



    आयोगले उक्त अवधिमा मानवअधिकार उल्लंघनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार