Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ब्राउन सुगरसहित चारजना पक्राउ

    ब्राउन सुगरसहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 837
    SHARES

    झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो साढे २ बजे दमक नगरपालिका ५ सुकुम्बासी टोलबाट तीन ग्राम ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको हो ।



    विशेष सूचनाको आधारमा २४ वर्षीय समिर गजमेरको घरको कोठाभित्र रहेका गजमेरसहित २९ वर्षीय रोशल बुढाथोकी, २४ वर्षीय रोशन माझी र इलाम चुलाचुली गाउँपालिका ४ का २३ वर्षीय सागर लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    शंका लागेर चेकजाच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर तीन ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार