Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • हामीमाथि उठिरहेका प्रश्नको समय आएपछि जवाफ दिन्छौं : केपी ओली

    हामीमाथि उठिरहेका प्रश्नको समय आएपछि जवाफ दिन्छौं : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 579
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलहरूमाथि प्रश्न उठाउने कोसिस भइरहेकोले यसको जवाफ दिइने बताएका छन् ।

    कांग्रेस मुख्यालय सानेपामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिन गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’



    कार्यक्रममा ओलीसहितका शीर्ष नेता पुगेका थिए । ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललगायतका नेता पुगेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले पनि पुराना दल र नेताले जवाफ दिने तयारी भएको भन्दै समय आएपछि सबैले थाहा पाउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार