Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मंगलबार १४ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    मंगलबार १४ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 405
    SHARES

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार १४ अंकले घटेको छ ।

    सोमबार झिनो अंकले सकारात्मक बनेको नेप्सेको सुधार मंगलबारसम्म टिकेन ।



    मंगलबार बजार खुले देखि निरन्तर ओरालो लागेको नेप्से अन्त्यमा १४.२९ अंकले घटेर १ हजार ८ सय ६४.४० अंकमा ओर्लेर बन्द भएको छ ।



    सोमबार नेप्से ३.०४ अंकले बढेर १ हजार ८ सय ७९.७० विन्दुमा बन्द भएको थियो । गत आइतबार भने नेप्से २८ अंकले घटेको थियो । गत आइतबार र सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको हो ।

    गत सोमबार ६९ करोड ४२ लाख र आइतबार ७४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ३८ वटा कम्पनीको घट्यो भने ७ वटाको सेयर मूल्य स्थिर छ ।

    नेप्से परिसूचकमा कमी आएसँगै सेयर बजारको आकार ९कुल बजार पुँजीकरण० पनि घटेर २८ खर्ब ९४ अर्ब रुपैयाँमा सिमित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार