Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनआईसी एशिया बैंकद्धारा भूकम्प प्रभावितलाई ५१ लाख हस्तान्तरण

    एनआईसी एशिया बैंकद्धारा भूकम्प प्रभावितलाई ५१ लाख हस्तान्तरण

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 651
    SHARES

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले ५१ लाख नगद सहयोग प्रदान गरेको छ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग प्रदान गरेको हो ।



    उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले पुष्पकमल दाहाललाई हस्तान्तरण गरे ।



    शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार