Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • महेश बस्नेतको भिडियो शेयर गरेको आरोपमा पत्रकार पक्राउ

    महेश बस्नेतको भिडियो शेयर गरेको आरोपमा पत्रकार पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतको सामाजिक सञ्जालमा चरिहत्या गरेको आरोपमा एक पत्रकार पक्राउ परेकी छिन् ।

    प्रहरीको साइबर ब्यूरोले आशा भारतीलाई पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।



    भारतीले केही दिनअघि ‘महेश बस्नेतको चर्तिकला भाग १’ भनेर एक भिडियो शेयर गरेकी थिइन् । साथै ‘लौ न ढले, चक्कर लागेर आयो, हाम्रो एमालेका चुनाव हारेका, दुर्गा प्रसाईंका कट्टर दुश्मन महेश बस्नेत त लाष्ट सेक्सी पो रहेछन् गाठ्ठे’ अर्को अर्को भिडियो शेयर गरेकी थिइन् ।



    सोही आरोपमा उनी पक्राउ परेका हुन् । पक्राउ परेपछि उनले सो भिडियो शेयर गरेको स्वीकार गरेकी छिन् । साथै बयानमा आफु सञ्चारकर्मी भएकाले सामाजिक सञ्जालबाटै तानेर राखेको बताएकी छिन् ।

    एक महिलाले नेता बस्नेतसँग बेडमा बनाएको टिकटक भनेर हाल विभिन्न सामाजिक सञ्जालमा फैलिएको छ । सो भिडियो गलत भएको नेता बस्नेतले दाबी गरेका छन् । सोही भिडियो शेयर गरेको आरोमा युट्युबर मनोज मानव समेत बिहीबार पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार