Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • १७ वर्षपछि भिमगिठेमा प्रहरी चौकी भवन

    १७ वर्षपछि भिमगिठेमा प्रहरी चौकी भवन

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 1.1K
    SHARES

    ढोरपाटन । विसं २०६३ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालय भिमगिठे अहिलेसम्म पनि जीर्ण भवनमा बस्दै आएको थियो । पाँच वर्ष अगाडि बडिगाड गाउँपालिका–७ भिमगिठेका स्थानीयले चन्दा सङ्कलन गरेर जग्गा व्यवस्थापन गरे पनि नयाँ भवन बन्न सकेको थिएन ।

    आर्थिक वर्ष २०७९–०८० मा केन्द्र सरकारले बजेट व्यवस्थापन गरेपछि बल्ल पक्की भवन बन्न थालेको छ । भवन जीर्ण हुँदा सुरक्षाकर्मीले बाह्रै महिना हावाहुरी र वर्षाका कारण सास्ती खेप्दै आएका थिए । यहाँ बस्दा सुरक्षाकर्मीनै सुरक्षित थिएनन् ।



    बर्खाको समय छानो चुइने हुँदा त्रिपाल लगाएर बस्नुपरेको प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायव निरीक्षक बामदेव पौडेलले बताए । पक्की भवनका लागि प्रक्रिया सुरु भएको भन्दै एक–डेढ वर्षमा निर्माण सम्पन्न हुने उनी बताउँछन् ।



    यो भवनमा बसेर शान्ति सुरक्षा प्रदान गर्न निकै समस्या भएको पौडेलले बताए । नयाँ भवन अहिलेको जीर्ण भवन भत्काएर त्यही स्थानमा निर्माण हुनलागेको उनको भनाइ छ ।

    “हामी बस्दै आएको भवन धेरै वर्ष पुरानो रहेछ, छानो, भवनको पर्खाल सबै जीर्ण छ, बर्खामा त्रिपाल नहाली बस्नै सकिँदैन, सबै पानी चुइएर कपडा, ओछ्यान सबै भिज्ने गर्थे, भान्छामै सर्प पस्ने गर्थे, ड्युटी गर्न पनि समस्या थियो” वरिष्ठ नायव निरीक्षक पौडेलले भने, “अब नयाँ भवन बन्न सुरु गरेको छ, सहज होला, भवन नबन्दासम्म वरपर घर भाडामा लिएर बस्ने तयारी छ ।”

    बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले सुरक्षाकर्मीको व्यवस्थापनका लागि स्थानीयले चन्दा सङ्कलन गरेको रु १५ लाखबाट पाँच रोपनी जग्गा खरिद गरेको र भवन निर्माण गर्न थालेको बताए । प्रहरीचौकी स्थापना स्थानीयले काठ, भाँडाकुँडा, खाद्यान्नलगायतका सामान सहयोग गरेको र हालसम्म पनि निरन्तर सहयोग गर्दै आएको बताए ।

    वर्षौँदेखि सुरक्षाकर्मी असुरक्षितरुपमा बस्दै आएको हुँदा गाउँपालिकाले केन्द्र सरकारसँग पलह गरी यस वर्षदेखि भवन निर्माण गर्न थालिएको अध्यक्ष अधिकारीले बताए ।

    जीर्ण भवनका कारण जनुसुकै बेला दुर्घटना हुन सक्ने स्थिती आएपछि पक्की भवन निर्माण थालिएको अध्यक्ष अधिकारी बताउँछन् । केन्द्र सरकारले विनियोजन गरेको तीन करोड ६० लाखमासाढे दुई तला सुविधा सम्पन्न भवन निर्माण थालिएको उनको भनाइ छ । गाउँपालिकाले जीर्ण भवनमा लागि समय–समयमा मर्मत खर्च व्यवस्थान गर्दै आएको उनले बताए र

    “भिमगिठे क्षेत्रको शान्ति सुरक्षाका लागि वर्षौँ अगाडि इलाका प्रहरी चौकी स्थापना भएको हो, सुरुवाती दिनदेखिनै स्थानीयले प्रहरीलाई ठूलो सहयोग गर्दै आएका छन्, अहिले पनि त्यो सहयोग निरन्तर छ, आफ्नो परिवारलाई जस्तै सहयोग गरेका छन्, चन्दा सङ्कलनबाट १५ लाख उठेको थियो, त्यसबाट यहाँ पाँच रोपनी जग्गा खरिद गरी भवन निर्माण सुरु भएको छ, यसले सुरक्षाकर्मीलाई ठूलो राहत मिल्ने छ । शान्ति सुरक्षा प्रदान गर्न पनि सहज हुने छ ।” रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार