Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार हुनुपर्छ : माधव नेपाल

    उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार हुनुपर्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 726
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताएका छन् ।

    पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    आफू नेतृत्वको पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए ।



    आफ्नो चीन भ्रमणको जानकारी दिँदै अध्यक्ष नेपालले चीन सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित जनताको राहतका निम्ति उपलब्ध गराएको सहयोग प्राप्त गर्नमा आफ्नो पार्टीको भूमिका रहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार