Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भारतलाई हराउँदै विश्वविजेता बनेको अस्ट्रेलियालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

    भारतलाई हराउँदै विश्वविजेता बनेको अस्ट्रेलियालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 975
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप क्रिकेटको उपाधि छैटौँ पटक जित्न सफल अस्ट्रेलियालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतलाई हराउँदै विश्वकपको उपाधि जितेको अस्ट्रेलियालाई बधाई दिएका हुन् ।

    उनले अस्ट्रेलियाका खेलाडीहरुको प्रतियोगितामा प्रशंसनीय प्रदर्शन रहेको बताउँदै उत्कृष्ट विजय हासिल समेत गरेको बताए । साथै उनले ओपनिङ ब्याट्सम्यान ट्राभिस हेडको तारिफ गरे ।



    भारतीय प्रधानमन्त्री मोदी पनि विश्वकप क्रिकेट हेर्न रंगशालामा पुगेका थिए । भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले छैटौंपटक विश्‍वकप उपाधि जितेको हो ।



    त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार