Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल प्रहरीको चेतावनी – सरुवा भएका ठाउँमा नजाने कर्मचारीहरुलाई कारबाही गर्छौं

    नेपाल प्रहरीको चेतावनी – सरुवा भएका ठाउँमा नजाने कर्मचारीहरुलाई कारबाही गर्छौं

    २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुनू

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 25.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका विभिन्न दर्जाका कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा नगए कारबाही गर्ने भएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन दिएको हो ।



    रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको छ ।



    ‘नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रादेशले पदस्थापन र सरुवा भएका विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुलाई हाल ठेकिएको दरबन्दीमा रवाना गर्नु भनी यस कार्यालयबाट पटक-पटक ताकेता गर्दा समेत सम्बन्धित कार्यालयहरुले खाना गर्ने तर्फ कुनै चासो देखाएको नपाइएको हुँदा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।

    सो सम्बन्धमा पदस्थापन सरुवा भएका प्रहरी कर्मचारीहरुलाई हाल ठेकिएको दरबन्दीमा कुनै किसिमको बिदा (प्रसूति/क्रिया बिदा बाहेक) नछाडी २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा खाना गर्न हुन र रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोध छ,’ पत्रमा उल्लख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार