Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बल्खुमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी

    बल्खुमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 756
    SHARES

    काठमाडौं । बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा बल्खु क्षेत्रमा भएको कार्यक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो।



    एमालेको भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ र अनेरास्ववियुका केही कार्यकर्ता पनि बल्खु क्षेत्रमा पुगेका थिए।



    युवा संघ र अनेरास्ववियुका कार्यकर्ता तथा प्रसाईंको कार्यक्रममा आएकाहरूबीच झडप हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको थियो।

    त्यसबीचमा प्रदर्शनकारीहरू प्रहरीसँग जाइलागेपछि धकेलाधकेल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार