Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बन्धक बनाइएका १३ जना इजरायलीलाई शुक्रबार रिहा गर्दै हमास

    बन्धक बनाइएका १३ जना इजरायलीलाई शुक्रबार रिहा गर्दै हमास

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 723
    SHARES

    काठमाडौं । हमासले बन्धक बनाएका मध्ये १३ जना शुक्रबार दिउँसो ३ बजे रिहाई हुने भएका छन् ।

    इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारका अनुसार रिहाई हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको हो ।



    रिहाई हुनेको नाम सार्वजनिक गरिएको छैन । कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम शुक्रबार बिहान ७ बजेबाट हुनेछ ।



    चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाई गर्ने सहमति भएको छ । त्यसवापत् इजरायलले आफ्नो जेलमा रहेको १५० जना प्यालेस्टेनीलाई रिहाई गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार