Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतले अष्ट्रेलियालाई दियो २३६ रनको विशाल लक्ष्य

    भारतले अष्ट्रेलियालाई दियो २३६ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । दोस्रो टी-२० आई क्रिकेटमा भारतले अष्ट्रेलियालाई २३६ रनको विशाल लक्ष्य दिएको छ ।

    विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको हो ।



    भारतका ओपनर रितुराज गायकवाडले ५८ र अर्का ओपनर यशस्वी जैसवालले ५३ रन बनाउदै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । इशान किशन ५२ रनमा आउट हुँदा सुर्यकुमार यादव १९ रनमा क्याच पभेलियन फर्किए ।



    रिंकु सिँह ३१ रनमा नटआउट रहँदा तिलक बर्मा ७ रनमा नटआउट रहे । अष्ट्रेलियाका नाथन एलिसले ३ र मार्कस स्टोइनिसले १ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार