Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दोस्रो टी-२० शृङ्खला : भारतसँग अस्ट्रेलिया ४४ रनले पराजित

    दोस्रो टी-२० शृङ्खला : भारतसँग अस्ट्रेलिया ४४ रनले पराजित

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 579
    SHARES

    काठमाडौं । घरेलु टोली भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ ।

    थिरुवनन्तपुरममा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरेको थियो ।



    भारतले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रनमा अलआउट भयो ।



    अब तेस्रो खेल भोलि हुनेछ । यस्तै, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार