Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • वर्तमान सरकार कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुग्यो : केपी ओली

    वर्तमान सरकार कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुग्यो : केपी ओली

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 366
    SHARES

    बैतडी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको बताएका छन्।

    ‘झुलाघाट चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले पहिचानको सवालमा एमालेले सबैभन्दा बढी आवाज उठाएको स्पष्ट पारे। उनले एमालेकै पहलमा समानुपातिकको व्यवस्था आएको बताए।



    अध्यक्ष ओलीले पहिचानको राजनीति भनेको अराजकता, अरुलाई हमाला गर्ने र हिंसा फैलाउने हुन नसक्ने धारणा राखे। अध्यक्ष ओलीले देशलाई एकतामा जान नदिने पहिचानको नाममा अराजकता बढेको बताए।

    अहिलेको सरकार कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुगेको अध्यक्ष ओलीले दाबी गरे । उनले सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार