Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    काभ्रे । काभ्रेमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहान ६ः१० बजे भकुन्डेबेसीबाट काठमाडौं आउँदै गरेको प्र १-०१-००१ च ८५९२ नम्बरको योद्धा गाडीको ठक्करबाट धुलिखेल नगरपालिका-११ पात्लेखोलाकी ५० वर्षीया यमुना प्रसाद ढकालको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पात्लेखोलास्थित सडकमा हिँडिरहेकी उनलाई गाडीले ठक्कर दिएको थियो।



    गाडीको ठक्करबाट गम्भीर घाइते अवस्थामा ढकाललाई उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याउँदा बिहान ६ः५५ बजे डाक्टरले मृत घोषणा गरेको हो ।



    गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार