Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ११ किलो सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

    ११ किलो सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 828
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दोलखामा बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत दोलखाले आदेश दिएको छ।

    जिल्ला अदालत न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। तीन जनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएएको छ ।



    प्रहरीले दोलखाको बिगु गाउँपालिका-१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र लामाबगरबाट ४ किलो गरी ११ किलो सुन बरामद गरेको थियो।



    सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो। तस्करहरुले चिनिया नागरिकसँग मिलेर चीनबाट दोलखाको बाटो हुँदै सुन तस्करी गरेको खुलेको थियो।

    सुन तस्करीमा संलग्न महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन जिल्ला अदालत दोलखाले आदेश दिएको छ।

    महिमा विरुद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ १५ पैसा बिगो तथा दिपेन्द्र शाक्य र तिलक विकविरुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको थियो।

    यही समूहका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाइदिन अदालतले आदेश दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार