Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • लाङटाङ पुगेर फर्केका एक नेपाली पथप्रदर्शक होटलमा मृत भेटिए

    लाङटाङ पुगेर फर्केका एक नेपाली पथप्रदर्शक होटलमा मृत भेटिए

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 654
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लाङटाङ पदमार्गमा एक नेपाली पथ प्रदर्शकको मृत्यु छ । मृत्यु हुनेमा धादिङको धुनीवेशी नगरपालिका-९ का ५० वर्षीय कुमार पाण्डे छन् ।

    उनी शनिबार बिहान ११ बजे गोसाइकुण्ड गाउँपालिका-४ स्थित लामा तिबेतियन होटलको कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।



    पाण्डे स्वीट्जरल्याण्डबाट आएकी अन्दाजी ७०/७५ वर्षीया वृद्ध महिलालाई लाङटाङ उपत्यका घुमाएर शुक्रबार राति उक्त होटलमा बास बसेका थिए।



    लाङटाङ उपत्यका पुगेर फर्किँदा पाण्डे सामान्य बिरामी परेका थिए । भोलिपल्ट सुतेको स्थानमा मृत भेटिएका प्रहरीले जनाएको छ । मृतक पाण्डेको शव पोष्टमर्टमका लागि धुन्चेस्थित जिल्ला अस्पताल लगिएको र घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार