Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • टी-२० सिरिज : भारत र अस्ट्रेलियाबीचको पाँचौं खेल आज

    टी-२० सिरिज : भारत र अस्ट्रेलियाबीचको पाँचौं खेल आज

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 624
    SHARES

    काठमाडौं । भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुँदैछ ।

    यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बैंग्लोरमा शुरु हुनेछ ।



    घरेलु टोली भारतले पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितिसकेको छ । अस्ति भएको चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो ।



    भारत शृङ्खलामा ३–१ ले अघि छ । भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार