Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • साउथवेष्टन कलेजमा साढे दुई करोड काण्ड, सिआइबीले थाल्यो अनुसन्धान

    साउथवेष्टन कलेजमा साढे दुई करोड काण्ड, सिआइबीले थाल्यो अनुसन्धान

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 4.1K
    SHARES

    काठमाडौं । बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजमा साढे दुई करोड रुपैयाँ हिनामिना भएको छ । कलेजका सञ्चालक तथा कर्मचारी मिलेर खोलेको संस्थाले नै चलाएको सहकारीमा ठूलो रकम हिनामिना भएको हो ।

    सहकारीका व्यवस्थापकलाई मुद्दा चलाएर सो ठगी घटना डिसमिस गराउन प्रयास गरिएको छ । सो ठगी प्रकरणमा हालै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान गरी पूर्वव्यवस्थापन प्रकाश ढुंगानालाई मुद्दा चलाएको छ । तर, निक्षेपकर्ताहरुको पैसा डुब्ने अवस्था छ ।



    वर्षौसम्म सहकारीमा करोडौँ हिनामिना हुँदा पनि त्यसमा सञ्चालक समितिले थाहा नपाउनु अनौठो छ । सफ्टवेयर बिग्रिएको कारण देखाएर सहकारीमा रकम हिनामिना हुँदै आएको थियो । ढुंगानाले निक्षेपकर्ताहरुको रकम संस्थामा आएकै नदेखाई आफू प्रयोग गरी मिटरब्याज र जग्गामा लगानी गर्दै आएका थिए । त्यसमा अन्य व्यक्तिको पनि मिलेमतोको आशंका गरिएको छ ।



    प्रहरीले ढुंंगानालाई दुई करोड ५२ लाख ९३ हजार रुपैयाँ बिगो कायम गरी ठगी मुद्दा दायर गरेको छ । सहकारीका अन्य सञ्चालकको पनि संलग्नता नरहेको सिआइबीको निष्कर्ष छ। हाल सो सहकारीका अध्यक्ष टिकाराम महरा छन् ।

    मेघराज गौतम उपाध्यक्ष, राजेन्द्र प्रसाद लामिछाने सचिव, सरिता शाक्य प्रधान कोषाध्यक्ष, धनिराम वली र जयराम पराजुली सदस्य र पुकार थापा लेखा समितिका संयोजक थिए । कोषाध्यक्ष, लेखा परीक्षक तथा लेखा समितिका संयोजकलाई समेत जोगाएर ढुंगानाविरुद्ध मात्र मुद्दा दायर गरिएको कर्मचारीहरू बताउँछन् ।

    सहकारीको सञ्चालन समितिका रहेकाहरू कलेजका सञ्चालक तथा व्यवस्थापनमा भएका व्यक्तिहरू हुन् । व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्यापन हुने यो कलेजभित्रै सहकारीमा करोडौँ हिनामिना भएको घटनाले कलेजकै साख गुमेको छ । साथै कर्मचारीहरूले सञ्चालकहरुप्रति आक्रोश व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार