Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एकैदिन भारतका लोकसभा र राज्यसभा गरी ७८ सांसद निलम्बित

    एकैदिन भारतका लोकसभा र राज्यसभा गरी ७८ सांसद निलम्बित

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 852
    SHARES

    एजेन्सी । भारतको लोकसभा र राज्यसभा गरी ७८ जना सांसद निलम्बित भएका छन् । हिउँदे अधिवेशनअन्तर्गत ११औं दिनको बैठकमा उनीहरूलाई निलम्बित गरिएको हो ।

    भारतीय संसदमा भएको सुरक्षा कमजोरी प्रकरणमा लगातार संसद अवरोध हुँदै आएको छ। केही दिनअघि संसदभित्रै ‘कलर स्मोग’ प्रदर्शन गरिएको थियो । संसदभित्रै विरोध प्रदर्शन गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।



    सोही विषयमा भइरहेको बहसका क्रममा लोकसभा स्पिकर (सभामुख) ओम बिडलाले ३३ जना विपक्षी सांसदलाई निलम्बन गरेका थिए । जसमा अधीर रञ्जन चौधरीसहित कांग्रेसका ११ सांसद छन् । त्यस्तै, तृणमूल कांग्रेसका ९, डीएमकेका ९ र ४ जना अन्य दलका छन् ।



    त्यस्तै राज्यसभाका सभापति जगदीप धनखडले विपक्षी दलका ४५ जना सांसदलाई निलम्बन गरेका थिए । यसअघि पनि लोकसभाका १४ जना सांसदलाई निलम्बन गरिएको थियो। यससँगै निलम्बित हुने सांसदको संख्या ९२ पुगेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार