Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनसेलले दूरसञ्चार प्राधिकरणलाई बुझायो शेयर खरिद-बिक्रीसम्बन्धी काजपत्र

    एनसेलले दूरसञ्चार प्राधिकरणलाई बुझायो शेयर खरिद-बिक्रीसम्बन्धी काजपत्र

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 822
    SHARES

    काठमाडौं । एनसेलले शेयर खरिद-बिक्रीसम्बन्धी कागजातहरू नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ । एनसेल आजियाटाले झण्डै तीन साताअघि घोषणा गरेको आफ्नो ८० प्रतिशत शेयर खरीद-बिक्रीसम्बन्धी दस्तावेजहरू प्राधिकरणमा बुझाएको हो ।

    आजियाटाका प्रतिनिधिले कानुले तोकेबमोजिम प्राधिकरणबाट बारम्बार माग भई आएका सम्बन्धित दस्तावेजहरू उपलब्ध गराइएको जानकारी दिएका छन् । यता नेपाल दूरसञ्चार प्राधिकरणले पनि शेयर खरिद-बिक्रीसम्बन्धी कागजातहरू प्राप्त गरेको जनाएको छ ।



    प्राधिकरणले मंसिर १४ मा खरिद–बिक्रीबारे वास्तविकता बुझ्न एनसेललाई पत्र पठाएको थियो । एनसेलले कागजपत्र संकलन हुनासाथ उपलब्ध गराउने भन्दै जवाफीपत्र पठाए पनि तीन सातासम्म कुनै दस्ताबेज बुझाएको थिएन ।



    नियामकले पटक–पटक पठाएको पत्रलाई बेवास्ता गरेको भन्दै प्राधिकरणले सोमबार कडा कारबाही गर्ने व्यहोरासहितको पत्र एनसेललाई पठाएको थियो । सो चेतावनीपछि शेयर खरिद–बिक्री घोषणा गरेको तीन सातापछि एनसेलले कागजातहरू बुझाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार