Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • १४ किलो सुन तस्करी प्रकरण

    नागरिक उड्डयन कार्यालयले भन्यो – विमानस्थलमा सीसीटीभीको क्षमता विस्तार गर्न बजेट पुगेन

    नागरिक उड्डयन कार्यालयले भन्यो – विमानस्थलमा सीसीटीभीको क्षमता विस्तार गर्न बजेट पुगेन

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 531
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले स्टोरेज क्षमता विस्तारको कार्य जारी रहेकाले तीन महिनाको सीसीटीभी फुटेज उपलब्ध गराउन नसकेको स्पष्ट पारेको छ ।

    गत मंसिर २१ गते विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ परेपछि सो सुनको छानबिन गर्न गठित समितिले अनुसन्धानका क्रममा विमानस्थलको सीसीटीभी फुटेज २१ दिनको मात्रै भेटिएको जनाएको थियो। विमानस्थल नागरिक उड्डयन कार्यालयले सीसीटिभिको स्टोरेज २१ दिन मात्र हुनुमा बजेट अभाव भएको कारण देखाएको हो।



    कार्यालयले विज्ञप्ति जारी गर्दै सीसीटिभी स्टोरेज तीन महिनाको बनाउन बजेट माग गरिएको तर तत्कालीन समयमा कोभिड १९ का कारण अन्य प्राथमिक क्षेत्रमा खर्च गर्नुपरेको र जसका कारण बजेट प्राप्त नभएको जनाएको छ ।



    विज्ञप्तिमा भनिएको छ,‘विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सीसीटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड १९ का कारण बजेट अभाव भई अरु प्राथमिक क्षेत्रमा बजेट व्यवस्था गर्नुपर्ने भएकोले बजेट उपलब्ध हुन सकेन।’

    विमानस्थलको सीसीटिभीको स्टोरेज क्षमता २१ दिनमात्रै भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उड्डयन कार्यालयले अहिलेसम्म केही सीसीटिभीको स्टोरेज २१ दिन, केहीको ६१ दिन भइसकेको र अन्यको पनि क्रमशः बढाइँदै लगिने जनाएको छ ।

    भन्सार कार्यालयले जानकारी मागेको विषयमा उपलब्ध भएसम्मको सूचना उपलब्ध गराएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।

    नागरिक उड्डयन कार्यालयका अनुसार पास वाहकको रेकर्ड माग भए बमोजिम नाम नामेशी उपलब्ध गराइएको र टेलिफोन नम्बरको हकमा कुनै व्यक्ति/संस्था विशेषको आवस्यक भए उपलब्ध गराउन सकिने जानकारी समेत गराइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार