Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चौरपाटी गाउँपालिकाले भन्यो – वीरेन्द्रको मृत्युको खबरले स्तब्ध छौँ, दोषीमाथि कडा कारबाही होस्

    चौरपाटी गाउँपालिकाले भन्यो – वीरेन्द्रको मृत्युको खबरले स्तब्ध छौँ, दोषीमाथि कडा कारबाही होस्

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 2.8K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाले शुक्रबार बालकुमारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

    हिजो बालकुमारीमा भएको घटनामा चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको गोली लागेर मृत्यु भएपछि शनिबार एक विज्ञप्ति जारी गर्दै पालिकाले यस्तो माग गरेको हो ।



    शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूलाई प्रहरीले गोली हान्दा चौरपाटी गाउँपालिका-१ का टेक बहादुर शाह र दुर्गा देवी शाहका कान्छा छोरा २२ वर्षीय शाहको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको थियो ।



    यस्तै दैलेखको महावु गाउँपालिका वडा नं. ६ का भक्त बहादुर रावत र नन्द कुमारी रावतका जेठा छोरा सुजन रावतको प्रदर्शन कै क्रममा निधन भएको थियो ।

    सोही घटनाप्रति दुःख व्यक्ति गर्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुःखद घडीमा मृतक वीरेन्द्र शाह र सुजन रावत प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । साथै यस घटनामा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

    ‘यस घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथि कडा कारबाही गर्न, मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र यथाशीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौ,’ विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार