Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • युक्रेनमाथिको आक्रमण ‘तीव्र’ बनाउने पुटिनको घोषणा

    युक्रेनमाथिको आक्रमण ‘तीव्र’ बनाउने पुटिनको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 552
    SHARES

    एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सहर बेलगोरोडमा सप्ताहन्तमा अभूतपूर्व हमलापछि मस्कोले युक्रेनमा सैन्य लक्ष्यहरूमा आक्रमणलाई तीव्र पार्ने चेतावनी दिएका छन् ।

    बेलगोरोडमा शनिबार भएको हमलामा २४ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका थिए ।



    मस्कोले युक्रेनी सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेपछि बेलगोरोडमा हमला भएको हो ।



    ‘हामी आक्रमणलाई तीव्र बनाउँदै छौँ, नागरिकहरू विरुद्धको कुनै पनि अपराध सजायबिनाको रहने छैन, यो निश्चित हो,’ सोमबार एक सैन्य अस्पतालको भ्रमणका क्रममा पुटिनले भने ।

    रुसले ‘सैन्य प्रतिष्ठानहरू’ मा हमला गर्न दबाब बढाउने उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार