Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ३० अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    ३० अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 423
    SHARES

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार ३० अंकले घटेको छ ।

    आइतबारदेखि नै निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार ३०.०५ अंकले घट्दै २०३०.१० विन्दुमा झरेको हो ।



    सोमबार ८.७५ अंकले घटेको नेप्से मंगलबार १.४५ प्रतिशतले नकारात्मक रहेर २०३०.१० अंकमा कायम भयो ।



    यस्तै सेन्सिटिभ इन्डेक्स ४.५४ अंकले घटेर ३८०.५३ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्सेले पटकपटक सुधारको प्रयास गरेपनि दिनैभर रातो देखिएको थियो ।

    कारोबारमा आएका २ सय ५ स्क्रिप्टको सेयर मूल्य घट्दा नेप्से घटेको हो । यसदिन ३७ वटाको मूल्य बढेका छन् भने ३ स्क्रिप्टको भाउ यथावत रहे । बढ्नेमा सीईबीडी चिख्र्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ र लक्ष्मी लघुवित्तको सेयर अगाडि रहे ।

    नेप्से घटेको दिन दिनभर ८५ हजार ४ सय ३५ कारोबारमार्फत् ३ सय ५ स्क्रिप्टका १ करोड ११ लाख ८५ हजार ७ सय १२ इकाइ सेयर ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९ सय २२ रुपैयाँमा किनबेच भए । कारोबार रकम गत बिहीबारको तुलनामा ४४ करोड रुपैयाँ कम हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार