Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अस्ट्रेलियाविरुद्धको खेलमा ३१३ रनमा समेटियो पाकिस्तान

    अस्ट्रेलियाविरुद्धको खेलमा ३१३ रनमा समेटियो पाकिस्तान

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 408
    SHARES

    एजेन्सी । अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो दिन बुधबार भ्रमणकारी टोली पाकिस्तान आफ्नो पहिलो पालीमा तीनसय १३ रनमा समेटिएको छ ।

    टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानी टोली ७७।१ ओभरमात्र क्रिजमा टिक्न सक्यो। सिड्नी क्रिकेट मैदानमा खेलिएको खेलमा पाकिस्तानका लागि तीन ब्याट्सम्यानले अर्धसतक बनाए ।



    माथिल्ला ब्याट्सम्यानलाई सस्तैमा गुमाएको पाकिस्तानका लागि मोहम्मद रिजवानले ८८ रनको योगदान गरे । सातौँ नम्बरका ब्याट्सम्यान आघा सलमानले पनि टोलीको खातामा ५३ रन थपे ।



    उनले ६७ बलमा आठ चौका प्रहार गरे । आमेर जमालले टोलीको खातामा ८२ रन थपे । नवौँ नम्बरमा क्रिज समाल्न आएका जमालले आक्रामक पाली खेल्दै केवल ९७ बलमा चार छक्का र नौ चौका हिर्काएका थिए ।

    पाकिस्तानका दुबै ओपनर ब्याट्सम्यान अब्दुल्लाह सफिक र साइम अयुब शून्य रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान सान मसुदले ३५ रन बनाए । उनी टोलीका कप्तान पनि हुन् ।

    अनुभवी ब्याट्सम्यान बाबर आजम पनि २६ रनभन्दा अगाडि बढ्न सकेनन् । साजिद खान भने १५ रनमा आउट भए । पाकिस्तानले अतिरिक्त रुपमा केवल दुई रन पायो । अस्ट्रेलियन टोलीका बलर प्याट कमिन्स एक्लैले पाँच विकेट लिए ।

    मिचेल स्टार्कले पनि दुई विकेट हात पारे । उनले १६ ओभरमा दुई मेडन राख्दै ७५ रन खर्चिएका थिए । जोस हेजलउड, नाथन लियोन र मिचेल मार्सले पनि एक–एक विकेट लिए । यसअघि खेलिएको पहिलो र दोस्रो टेस्टमा घरेलु टोली अस्ट्रेलिया विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार