Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चौरपाटी गाउँपालिकाले बीरेन्द्रको परिवारलाई डेढ लाख राहत दिने, बिहीबार शोक विदा !

    चौरपाटी गाउँपालिकाले बीरेन्द्रको परिवारलाई डेढ लाख राहत दिने, बिहीबार शोक विदा !

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 1.4K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाले ललितपुरको बालकुमारी घटनामा मारिएका बीरेन्द्र शाहको परिवारलाई डेढ लाख रुपैयाँ राहत दिने भएको छ ।

    गत शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका चौरपाटी गाउँपालिका-१ का शाहको परिवारलाई राहत स्वरूप एक लाख ५० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको हो ।



    गाउँकार्यपालिकाको आज बुधबार बसेको आठौँ बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष भिम बहादुर साउँदले जानकारी दिए ।



    साथै चौरपाटी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थाहरु बिहीबार बन्द रहने पनि शोक प्रस्तावमा उल्लेख छ ।

    गत शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरुले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए ।

    त्यस क्रममा प्रहरीसँगको धरपकडमा अछामका बीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार