Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कमल थापाको आग्रह – दुतावासमार्फत सहयोग बढाउने भारतीय प्रस्ताव अस्विकार गर्नू

    कमल थापाको आग्रह – दुतावासमार्फत सहयोग बढाउने भारतीय प्रस्ताव अस्विकार गर्नू

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 363
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले साना परियोजनाका नाममा भारतले दिने सहायता रकमको सीमा नबढाउन सरकारलाई आग्रह गरेका छन् ।

    थापाले सामाजिक सञ्जाल मार्फत विगतका सरकारले गरेका गल्ति सच्याउदै सहयोग रकम बढाउने भारतीय प्रस्तावलाई अस्विकार गर्न सुझाएका हुन् ।



    सहयोग रकम स्विकारेर समानान्तर सरकारको अभ्यास नगर्न उनले भनेका छन् । दुतावासमार्फत विकास निर्माणका नाममा सिधै २० करोडसम्मको योजना कार्यान्वयन गर्नसक्ने सम्झौता नेपालका लागि आत्मघाती हुने उनको दाबी छ ।



    ‘विगतमा भएको गल्ती सच्याउनुको सट्टा थप गल्ती नगरौं,’ उनले लेखेका छन्, ‘यसले समानान्तर सरकारको रुप लिन्छ, जुन नेपालको हितमा हुँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार