Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चौरपाटी गाउँपालिकामा आज शोक बिदा

    चौरपाटी गाउँपालिकामा आज शोक बिदा

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 639
    SHARES

    कैलाली । अछामको चौरपाटी गाउँपालिकाले आज बिहीबार शोक बिदा दिएको छ ।

    ललितपुरको बालकुमारी घटनामा मारिएका सोही गाउँपालिकाको वडा नम्बर १ का बीरेन्द्र शाहको शोकमा गाउँपालिकाले एक दिनको सार्वजनिक विदा दिएको हो ।



    शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको थियो ।



    बिहीबार गाउँपालिकाभित्रका शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा छ ।

    गएको शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय अगाडि भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार