Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भाजपाले मलाई गिरफ्तार गर्न खोज्दैछ, म झुक्दिन : अरविन्द केजरीवाल

    भाजपाले मलाई गिरफ्तार गर्न खोज्दैछ, म झुक्दिन : अरविन्द केजरीवाल

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 648
    SHARES

    काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार भारतीय जनता पार्टीले आफूलाई गिरफ्तार गर्न खाजेको आरोप लगाएका छन् ।

    बुधबार प्रवर्तन निर्देशनालय (ईडी)ले मदिरा नीति घोटाला सम्बन्धमा उनलाई बोलाएपछि केजरीवालले यस्तो आरोप लगाएका हुन् ।



    दिल्लीको अन्तःशुल्क नीतिमा कथित अनियमिततासँग जोडिएको मनी लाउन्ड्रिंग मुद्दामा सोधपुछका लागि उनलाई बोलाइएको थियो ।



    उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी भाजपाको यो गुन्डागर्दी र अधिनायकवादको अगाडि झुक्ने छैनौँ । मेरो प्रत्येक थोपा देशको लागि समर्पित छ । हामी इमान्दार छौँ र भाजपाको यो अन्यायविरुद्ध हाम्रो सम्पूर्ण शक्तिले लड्नेछौँ ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार