Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्वस्तिमाको ‘चिसो मान्छे’ ओटीटीमा रिलिज

    स्वस्तिमाको ‘चिसो मान्छे’ ओटीटीमा रिलिज

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 483
    SHARES

    काठमाडौं । फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दर्शकले नेपाली ओटीटी एप ‘भिडियो पसल’मा हेर्न सक्नेछन् ।

    अहिलेका लागि दर्शकले नेपालभन्दा बाहिरबाट मात्र हेर्न पाउने सुविधा छ ।



    कोरोनाकालमा छायांकन भएको फिल्मले विदेशबाट ल्याइएको शवलाई लकडाउनको समयमा सुदूरपश्चिम लैजान गर्ने संघर्षको कथा पेश गर्छ ।



    विदेशमा बस्ने धेरै नेपाली दर्शक माझ नपुगेको हुनाले फिल्मको माग उच्च रहेको भिडियो पसलकी संस्थापक नेहा कार्की बताउँछिन् । नयाँ वर्ष २०२४ को अवसरमा फिल्म रिलिज गरिएको हो ।

    यो फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार