Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित विदेशी महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित विदेशी महिला पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 723
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित १ जना विदेशी महिला पक्राउ परेकी छन्।

    दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो।



    उनले ब्रा र अन्डरवेयरमा लुकाएर उक्त सुन ल्याएको पाइएको प्रहरीले जनाएको छ। उनले धुलो बनाएर सुन लिएर आएकी थिइन्।



    कसका लागि उक्त सुन ल्याइएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको विमानस्थल प्रहरीले जनाएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार