Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालकुमारीमा मारिएका बीरेन्द्रको परिवारलाई राहत दिन घरमै पुगे भिम साउँद

    बालकुमारीमा मारिएका बीरेन्द्रको परिवारलाई राहत दिन घरमै पुगे भिम साउँद

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 5.5K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाले बीरेन्द्र शाहको परिवारलाई डेढ लाख रुपैयाँ राहत हस्तान्तरण गरेको छ ।

    यही पुस १३ गते ललितपुरको बालकुमारी घटनामा मारिएका चौरपाटी गाउँपालिका वडा नम्बर १ का शाहको परिवारलाई राहत स्वरूप एक लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।



    आइतबार गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले घरमै पुगेर मृतकका बुवा टेक बहादुर शाहलाई डेढ लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।



    गत बुधबार बसेको गाउँ कार्यपालिकाको आठौँ बैठकले शोक प्रस्ताव पारित गर्दै मृतक शाहको परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

    यही पुस १३ गते कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग सहितको आन्दोलनका क्रममा प्रहरीसँगको धरपकडमा अछामका बीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार