Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक पक्राउ

    एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 888
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगर्ने कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन्।

    महानगरीय प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक प्रेम श्रेष्ठ,कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठला पक्राउ गरेको हो ।



    सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गरेको पीडित सङ्घर्ष समितिले जनाएको छ ।



    सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार