Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अब एसईई परीक्षामा उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनै पर्ने

    अब एसईई परीक्षामा उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनै पर्ने

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 786
    SHARES

    काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ ।

    शिक्षा पत्रकार सञ्जालले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताएका हुन् ।



    संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने नहुने भन्ने खालको अन्योलमा नपर्न अनुरोध गरे । अध्यक्ष शर्माले विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा हुने स्पष्ट पारे।



    शिक्षा ऐनमा सर्टिफिकेट बोर्डले वितरण गर्ने भएकाले केन्द्रबाट रुटिन सार्वजनिक गरिएको र व्यवस्थापन प्रदेशले गर्न उनले बताए । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकोले एसईई प्रभावित नहुने उनले बताए ।

    यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार