Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • महाकाली करिडोर विकासको मेरुदण्ड हो : रमेश लेखक

    महाकाली करिडोर विकासको मेरुदण्ड हो : रमेश लेखक

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 432
    SHARES

    कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका छन् ।

    कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन्।



    प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताए ।



    पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथ मन्दिरबाट परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुरामधामसित जोडेर विकास गर्नुपर्नेमा प्रमुख सचेतक लेखकले जोड दिए ।

    विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियानअन्तर्गत अघि बढेको उल्लेख गर्दै उनले भारतको पूर्णागिरि दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुरामधामसम्म पुर्‍याउने गरी योजना बनाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार