Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सालकको खपेटासहित बर्दगोरीयाबाट दुई जना पक्राउ

    सालकको खपेटासहित बर्दगोरीयाबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 525
    SHARES

    धनगढी । कैलाली प्रहरीले ११ किलो १ सय ग्राम सालकको खपेटासहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा भजनी नगरपालिका-८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशिपुर गाउँपालिका-४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन् ।



    उनीहरुलाई प्रहरीले कैलालीको बर्दगोरीया गाउँपालिका-६ स्थित सडकबाट पक्राउ गरेको हो ।



    नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००८ प ३५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त खपेटा फेला पारेको थियो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार