Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • न्युजिल्यान्डसँग ‘क्लिनस्विप’ हुनबाट जोगियो पाकिस्तान

    न्युजिल्यान्डसँग ‘क्लिनस्विप’ हुनबाट जोगियो पाकिस्तान

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 453
    SHARES

    एजेन्सी। पाकिस्तान घरेलु टिम न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी-२० सिरिज क्लिनस्विप हुनबाट जोगिएको छ।

    अन्तिम तथा पाँचौं टी-२० आई खेलमा घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले हराएको हो । यस खेलमा पराजित भए पनि पाँच खेलको सिरिज उपाधि न्युजिल्यान्डले ४–१ ले ले जित्यो ।



    जितको लागि १३५ रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्ड १७.२ ओभरमा ९२ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २६, फिन एलेन २२, टिम सिफर्ट १९, रचिन रविन्द्र १ र विल योंग १२ रनमा आउट भए ।



    पाकिस्तानका पार्टटाइम स्पिनर इफ्तिखर अहमदले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । शाहिन शाह अफ्रिदी र मोहम्मद नवाजले २–२ तथा जमान खान र उस्मा मिरले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

    पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ३८ बलमा ४ चौकासहित सर्वाधिक ३८, बाबर आजम २४ बलमा १३, मोहम्मद नवाज १, इफ्तिखर अहमद ५ र सहिबजाद फहरानले १९ रनमा आउट भए ।

    न्युजिल्यान्डका टिम साउदी, म्याट हेनरी, लोकी फर्गुसन र ईश सोधीले २–२ विकेट लिएका थिए । सुरुवाती चार खेलमा न्युजिल्यान्ड ४६ रन, २१ रन, ४५ रन र ७ विकेटले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार