Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • डिउटीमा खटिएका प्रहरी जवानमाथि चक्कु प्रहार

    डिउटीमा खटिएका प्रहरी जवानमाथि चक्कु प्रहार

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 3K
    SHARES

    दार्चुला । डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार भएको छ ।

    दार्चुलाको महाकाली नगरपालिका-१ दहका उमेश कुवरले डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।



    चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



    श्रीमतीलाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि आक्रमणस्वरुप चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    चक्कु प्रहार गरेर कुवर फरार भएका छन्। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार