Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा तामाङ नियुक्त

    महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा तामाङ नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 525
    SHARES

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।

    तामाङले वाफ महिला च्याम्पियनसिपमा नेपालको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका हुन् ।



    साउदी अरेवियामा फेब्रुअरी १८ देखि २८ सम्म हुने उक्त प्रतियोगिताका लागि उनले जिम्मेवारी पाएका हुन् ।



    उनलाई अखिल नेपाल फुटबल संघ९एन्फा०ले बुधबार नियुक्ति दिएको हो ।

    उनी ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र एपीएफ क्लबका पूर्व प्रशिक्षक हुन् । प्रमुख प्रशिक्षक तामाङ सहित टिमको सहायक प्रशिक्षकको रुपमा कमला राखल र टिम व्यवस्थापकको रुपमा विन्दा देवाल नियुक्त भएका हुन् ।

    टिमको गोलरक्षक प्रशिक्षकमा उज्वल मानन्धर रहने छन् । नियुक्त भएसँगै प्रशिक्षक तामाङले ४० सदस्यीय टोलीलाई प्रशिक्षणका लागि बोलाएका छन् ।

    पश्चिम एसियाली फुटबल महासंघद्वारा आयोजित यस प्रतियोगितामा नेपालसहित ८ टिमले भाग लिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार