Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओलम्पिक महिला फुटबल छनोटमा बलियो भियतनामसँग भिड्दै नेपाल

    ओलम्पिक महिला फुटबल छनोटमा बलियो भियतनामसँग भिड्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 564
    SHARES

    काठमाडौं । पेरिस ‌‌ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज (बुधबार) फिफा वरीयताको ३३औँ स्थानमा रहेको भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।

    दुई देशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।



    एसियन छनोटको समूह ‘सी’मा यसअघि नेपाल, भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन थिए । गत साता अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्र दुई खेल हुन लागेको हो ।



    दुई खेलमा शीर्ष रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।

    भियतनामले अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ ।

    फिफा वरीयतामा भियतनाम ३३ औँ स्थानमा रहेको छ भने नेपाल १०० औँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार