Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द र पूजा चौधरी निर्वाचित

    मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द र पूजा चौधरी निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 498
    SHARES

    जनकपुरधाम । राष्ट्रियसभा सदस्य चुनावमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

    अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् । ढुङ्गाना धनुषा र चौधरी पर्साकी हुन् ।



    कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भए ।



    एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झा उम्मेदवार थिइन् । जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।

    राष्ट्रिय सभाको निर्वाचनमा मधेशको १ सय ३६ पालिकाको सतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए ।

    लोसपाका सांसद अभिराम शर्माले मत खसालेनन् । मधेशमा कुल मतभार १० हजार ८ सय ३९ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार