Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपालका स्पिनर सुवासलाई आईसीसीले किन गर्‍यो कारबाही ?

    नेपालका स्पिनर सुवासलाई आईसीसीले किन गर्‍यो कारबाही ?

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली युवा अफ स्पीनर सुवास भण्डारीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को कारबाही गरेको छ ।

    दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा उनले आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा दोषी पाइएका हुन् ।



    उनलाई आईसीसीले एक डेमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो । सोही कारण उनी आईसीसीको कारबाहीमा परेका हुन् ।



    नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार