Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नापी कार्यालयका कर्मचारी चढेको गाडी दुर्घटना

    नापी कार्यालयका कर्मचारी चढेको गाडी दुर्घटना

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 438
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा आज साँझ जिप दुर्घटना भएको हो ।

    मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।



    दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् ।



    घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पर्साको वीरगन्ज पठाएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात ट्याक्टर चालक फरार भएका छन् । उनको खोजिसँगै दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार