Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • शिक्षा शाखा प्रमुखलाई कालो मसो दल्ने रम्तेल पक्राउ

    शिक्षा शाखा प्रमुखलाई कालो मसो दल्ने रम्तेल पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 819
    SHARES

    कैलाली । शिक्षा अधिकृतलाई कालो मोसो दल्ने एकजना पक्राउ परेका छन ।

    कैलालीको लम्कीचुहा नगरपालिका – ४ बस्ने लम्कीचुहाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको आरोपमा लम्कीचुहा नगरपालिका –९ का ३१ वर्षीय नेकपा क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन इञ्चार्ज भुवन रम्तेल पक्राउ परेका हुन् ।



    उनलाई सुपप.०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलारी गाउँपालिका – ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।



    सोमबार कार्यालयबाट घर फर्कने क्रममा शिक्षा अधिकृत न्यौपानेलाई बलिया स्थित पुर्ब पश्चिम राजमार्गमा ४÷५ जनाले कालो मोसो दलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार