Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राजविराज कारागारभित्र एकजना कैदी मृत भेटिए

    राजविराज कारागारभित्र एकजना कैदी मृत भेटिए

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 753
    SHARES

    राजविराज । राजविराज कारागारमा थुनामा रहेका एक कैदी मृत अवस्थामा फेला परेका छन् ।

    बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।



    मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको राजविराज कारागारले जनाएको छ ।



    १५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।

    जिल्ला प्रहरी कार्यालयले मण्डललाई साउन १७ गते पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । फैसला हुन भने बाँकी रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार