Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एक करोड ३५ लाख ठगेर प्रभु बैंकका अप्रेसन इन्चार्ज फरार

    एक करोड ३५ लाख ठगेर प्रभु बैंकका अप्रेसन इन्चार्ज फरार

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 2K
    SHARES

    रुकुम पश्चिम । रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह एक करोड ३५ लाख ठगेर फरार भएका छन् ।

    जिल्लाको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज शाह ६ दिनदेखि फरार भएका हुन् ।



    बैंकमा बचत गर्न पैसा दिएको र बचत गरेको नक्कली भौचर दिएर आफूहरुलाई झुक्याइएको बचतकर्ताहरूको आरोप छ । बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएपछि बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा पुग्न थालेका छन् ।



    उनले बचतकर्ताहरूलाई थाहा नै नदिएर अर्को खातामा पैसा ट्रान्सफर गर्ने गरेको आरोप छ । स्रोतका अनुसार शंकास्पद देखिएपछि बैंकको कर्णाली प्रदेशबाट आएको टोलीले आन्तरिक अनुसन्धान थालेको बताइएको छ ।

    रकम हिनामिना भए–नभएको अनुसन्धान सकिएपछि मात्र थाहा हुने बैंक स्रोतले बतयो । थप अनुसन्धानका लागि केन्द्रको टोलीसमेत आउन लागेको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार एक करोड ३५ लाख ठगीको आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार