Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • छोरीसँगको ‘प्रेम सम्बन्ध’ छुटाउन युवकको बीभत्स हत्या

    छोरीसँगको ‘प्रेम सम्बन्ध’ छुटाउन युवकको बीभत्स हत्या

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 2.3K
    SHARES

    दोलखा । दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका युवकको हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको छ । गैरदलित किशोर र दलित किशोरीबीचको प्रेम सम्बन्ध छुटाउन भीष्म भण्डारीको हत्यामा भएको खुलेको हो ।

    जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शैलुङ गाउँपालिका–५ काटाकुटीकी १६ वर्षीया दलित किशोरीसँगको ‘प्रेम सम्बन्ध’ मा रहेका १८ वर्षीय युवक भण्डारीको हत्यामा किशोरीको परिवार संलग्न रहेको खुलासा भएको छ ।



    गत पुस १६ मा बीभत्स रूपमा हत्या गरी फालिएको अवस्थामा भीष्मको शव फेला परेको थियो । भीष्मको हत्यामा किशोरीका बुबासहित काका र नेपाली सेनामा कार्यरत दाजु संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।



    प्रहरीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । गत पुस ११ मा किशोरीले घरमा कोही नभएको भन्दै भीष्म भेट्न बोलाएकी थिइन् ।

    भीष्मलाई साँझ घरमा किशोरीको कोठामा बुबाले देखेपछि कोठाबाट निकालेर लछारपछार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    वादविवादकै क्रममा उनका भाइले घरबाट धारिलो हतियार ल्याएर भीष्मलाई पछाडिबाट प्रहार गरेको प्रहरीले जनाएको छ । त्यसपछि घाइते भीष्मलाई केही पर धारामा लगेर बीभत्स तरिकाले हत्या गरेको आरोपितले स्विकारेको प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार